बिहीबार, असोज १, २०८३

मेगा बैंकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’

मेगा बैंकले ‘मेगा अभिभावक बचत खाता’ नामक बचत योजना ल्याएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं। मेगा बैंकले ‘मेगा अभिभावक बचत खाता’ नामक बचत योजना ल्याएको छ।

बैंकका अनुसार बचतसँगै छोराछोरीहरूको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले सो योजना ल्याइएको हो। 

यसमा न्यूनतम ५०० रूपैयाँ बचत हुनु पर्नेछ। यस खातामा ४.५ प्रतिशत ब्याज पाइने बैंकले जनाएकाे छ।

यस योजनामा खातावाला अभिभावकको पाँच लाख रूपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ। 

साथै मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैंकिङ सुविधा निःशुल्करूपमा उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंकका अनुसार खातावालका लागि डिम्याट खाता तथा शेयर लगानीसम्बन्धी विभिन्न आकर्षक विशेष सुविधाहरू पनि यस योजनामा समेटिएका छन्। खाताबाट सीधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाइएको छ। 

देशभरकै २०६ वटै शाखा तथा ३४ वटा एक्सटेन्सन काउन्टरबाट यस योजनाअन्तर्गत खाता खोल्न सकिने बैंकको भनाइ छ।

प्रकाशित: Dec 18, 2020| 13:23 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्