बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बर्दियाको खैरापुरमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

बर्दियाको खैरापुरमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

बर्दियाको खैरापुरमा ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ् सेवा सुरु गरेकाे छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं- बर्दियाको खैरापुरमा ग्लोबल आईएमई बैंकले शाखारहित बैंकिङ् सेवा सुरु गरेकाे छ। 

गुलरिया नगरपालिका-२, खैरापुरमा स्थापना गरिएको साे बैंकिङ सेवाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे। 

सो शाखारहित बैंकिङ् सेवाको प्रतिनिधिको रूपमा साबित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त गरिएको बैंकले जनाएको छ। 

योसँगै बैंकको शाखारहित बैंंकिङ् सेवा संख्या २३९ पुगेको छ। 

शाखारहित बैंकिङ् सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ् सेवा लिन सक्ने छन्।

बैंकका अनुसार यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, दूरसञ्चारका महसुल भुक्तानी तथा मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सकिने छ। 

बैंकिङ् सेवाका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन शाखारहित बैंकिङ सेवा सुरु गरिएको बैंकको भनाइ छ। 

प्रकाशित: Dec 18, 2020| 12:26 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्