बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाले विदेशमा ज्यान गुमाएकाहरूको परिवारलाई आइएमईले दियो ५० हजार 

कोरोनाले विदेशमा ज्यान गुमाएकाहरूको परिवारलाई आइएमईले दियो ५० हजार 

कोरोना भाइरस महामारीबाट विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण शुरू भएको छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं– कोरोना भाइरस महामारीबाट विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ को रकम वितरण शुरू भएको छ। 

कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले रकम प्रदान गरिएको हो। 

शुक्रबार काठमाडौंमा आयोजित कार्यकममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रूपमा आवेदकहरूलाई चेक हस्तान्तरण गरेका हुन्। 

आइएमई पे वालेट मार्फत रकम भुक्तान लिन सक्ने व्यवस्था मिलाइएको कोषको सहयोग पुस मसान्तसम्म हस्तान्तरण गरिसक्ने कम्पनीले जनाएको छ। 

चेक हस्तान्तरण गर्दै अध्यक्ष ढकालले श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको परिवारलाई राहत महसूस गराउन कोषको स्थापना गरिएको बताए। 

२०७६ साल पुस १६ देखि २०७७ असोज ३० सम्म कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका श्रमिकका आफन्तले कोषको रकमका लागि मंसिर १५ सम्म आवेदन दिन सक्ने समय तोकिएको थियो। 
 

प्रकाशित: Dec 18, 2020| 11:55 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्