बिहीबार, असोज १, २०८३

प्रदेश १ का  १८ स्थानीय तहमा ‘स्किम बैंक’ शुरु गरिने

प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ।
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

विराटनगर– प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ।

आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ। सामाजिक विकास मन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रमलाई कार्यन्वयनमा लैजान निर्देशन दिएका छन्। पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्री घिमिरेले जोड दिए। 

व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले स्किम बैंक सञ्चालनको तयारी गरेको हो।

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहवी र बराहक्षेत्र, मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदिम र याङवरक, इलामको सुर्योदय र देउमाई, उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ तथा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनौट गरेको सामाजिक विकास मनत्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिए। 

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग शुक्रबार स्किम बैँक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम गरेको छ।

पूँजी/अनुभव भएर पनि सम्भाव्यता अनुसारको स्किम नभएका युवाहरुलाई अनुकुलका उद्यम गर्न स्किम दिने गरी कार्यक्रम शुरु गर्न लागिएको गौतमले जानकारी दिए।

चालू आर्थिक वर्षमा सीपमूलक तालिम सञ्चालनका लागि १० करोड ५० लाख विनियोज गरिएको छ। तालिम स्थानीय तहको मागबमोजिम सञ्चालन गरिने उनले बताए। उनले भने, ‘सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाको समन्वय गरी कार्यक्रम सञ्चालन गरिने छ।’ 

छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले वित्तिय संस्था नपुगेका स्थानमा वित्तिय संस्था सञ्चालनका लागि पहल गरिदिन आग्रह गरेका थिए।

प्रकाशित: Dec 18, 2020| 11:40 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्