काठमाडौं– ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। याेसँगै ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा संख्या २३९ पुगेको छ।
बर्दियाको गुलरिया नगरपालिका वडा नं. २, खैरापुरमा खोलिएको शाखारहित सेवाको उद्घाटन नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका हुन्।
उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा सावित्रा खनाल र श्रीधर पोखरेललाई नियुक्त भएका छन्।
शाखारहित सेवाबाट ग्राहकले प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्ने छन्। यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्नेलगायत सुविधा उपलब्ध हुने बैंकले जनाएको छ।