बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता आजदेखि भुक्तानी गर्ने

श्रीराम सुगर मिल्सले उखु किसानको बक्यौता आजदेखि भुक्तानी गर्ने

श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानलाई तिर्न बाँकी रकम आजदेखि दिने बताएको छ। 
 |  शुक्रबार, पुस ३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३, २०७७

काठमाडौं–  श्रीराम सुगर मिल्स लिमिटेडले उखु किसानलाई तिर्न बाँकी रकम आजदेखि दिने बताएको छ। 

कम्पनीले एक विज्ञप्ति जारी गरी किसानबाट खरिद गरिएको उखुको बक्यौता रकम उद्योगको खातामा पुगिसकेको र आजदेखि किसानको खातामा दिन सुरु गर्ने जनाएको छ। 

कम्पनी गत असारदेखि बन्द भए पनि किसानको बक्यौता रु. ३५ करोड भुक्तानी दिन सुरु गरिएको मिल्सले जनाएको छ। 

कम्पनीले कानुनी व्यवधानका कारण समयमा नै उखु किसानहरुको भुक्तानी समयमै दिन नसकिएको दाबी गरेको छ। 

चिनी उद्योगहरुबाट भुक्तानी नपाएपछि  किसानहरु मंसिर २८ गतेदेखि आन्दोलनरत छन्। 

गत वर्ष  पनि उखुको भुक्तानी नपाएपछि उनीहरुले काठमाडौंमा आएर विरोध प्रदर्शन गरेका थिए।

गत मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने चेतावनी दिएका थिए भने संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि बिहीबार उखु किसानको बक्यौता रकम भुक्तानी ७ दिन भित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो
 

प्रकाशित: Dec 18, 2020| 07:17 शुक्रबार, पुस ३, २०७७
प्रतिक्रिया दिनुहोस्