बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैक र राष्ट्रिय युवा परिषदबीच सम्झौता

 |  बिहीबार, पुस २, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २, २०७७

काठमाडौं– युवालाई उद्यमशीलताको मार्गदर्शन गराई उद्यमशीलताको विकास र वित्तीय साक्षरताको तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय युवा परिषदबीच बिहीबार काठमाडौंमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि राष्ट्रिय युवा परिषद्ले प्रत्येक प्रदेशका पांँचवटा पालिकास्तमा जम्मा ३५ समूहमा १६ देखि ४० वर्षसम्मका युवाहरुलाई उद्यमशीलता विकासको लागि उद्यमशीलता विकास र वित्तीय साक्षरता कार्यक्रम संचालन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उद्यमी बन्न चाहने युवा र बैंकबीचको खाडल यो सम्झौतापछि हट्ने बताउँदै लाखौ युवाहरु उत्पादनसँग जोडिई स्वारोजगार बन्ने बताए । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले यो तालिमले युवालाई व्यवसाय र सिप विकासको ज्ञान दिने हुँदा बैंकको कर्जा दुरुपयोग हुने जोखिम घट्ने बताए । 
 

प्रकाशित: Dec 17, 2020| 12:04 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्