बिहीबार, साउन २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको १४ औं महाधिवेशन : प्रजातन्त्र दिवसबाट सारेर गणतन्त्र दिवसमा !

कांग्रेसको १४ औं महाधिवेशन : प्रजातन्त्र दिवसबाट सारेर गणतन्त्र दिवसमा !

‘यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उद्घाटन गर्ने हाम्रो कार्यतालिका थियो। अब जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउन हाम्रो प्रस्ताव छ।'
 |  बिहीबार, पुस २, २०७७
nespernesper

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, पुस २, २०७७

vianetvianet

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ। 

आगामी फागुन ७ गतेदेखि १० गतेसम्मका लागि तोकिएको १४ औं महाधिवेशन कोरोना महामारीका कारण कार्यतालिकाअनुसार गर्न नसकिने भएपछि जेठमा गर्नेगरी सार्न लागिएकाे हाे।

कांग्रेस केन्द्रीय कार्यसमिति र मातहतका समितिको कार्यकाल गत वर्ष फागुन १९ मै सकिएको छ। 

त्यसयता विधानको वैकल्पिक व्यवस्थामा टेकेर म्याद थप्दै समितिलाई बैधानिकता दिइएको छ।  म्याद थपेर बढाइएको अवधिसमेत आगामी फागुन १९ गते सकिँदै छ।

विधानको वैकल्पिक व्यवस्थाको समयसीमा सकिए पनि संवैधानिक व्यवस्थाअनुसार भदौसम्म महाधिवेशन सार्न सक्ने विकल्प कांग्रेससँग छ।

संविधानले पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेको विशेष परिस्थितिमा थप ६ महिनाको सुविधा दिएको छ। 

सोही संवैधानिक सुविधामा टेकेर जेठमा अधिवेशन सार्ने कसरत सुरु भएको छ।  

उपसभापति विमलेन्द्र निधिका अनुसार फागुनाम महाधिवेशन हुने सम्भावना निकै कम छ। 

महामन्त्री डा. शशांक कोइरालाले समेत फागुनमा महाधिवेशन गर्न सम्भव नरहेको बताउँदै आएका छन्। 

फागुनमा महाधिवेशन गर्न नसकिने अवस्थामा जेठ १५ गते गणतन्त्र दिवसका दिन महाधिवेशन उद्घाटन गर्ने गरी कार्यतालिका ल्याउने गरी संस्थापन समूहले प्रस्ताव अघि सारेको छ। 

‘फागुनमा महाधिवेशन गर्न सकिँदैन। क्रियाशील सदस्यता नै टुंगो लागिसकेको छैन,’ निधिले भने, ‘यसअघि फागुन ७ गते प्रजातन्त्र दिवसका दिन उद्घाटन गर्ने कार्यतालिका थियो। अब जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्नेगरी कार्यतालिका ल्याउन हाम्रो प्रस्ताव छ। हामीले भदौ २० भन्दाअघि नै महाधिवेशन गर्नुपर्नेछ। तर जेठमै उपयुक्त हुन्छ।’ 

जेठ १५ सम्म महाधिवेशन सार्ने संस्थापनको प्रस्तावमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समेत सकारात्मक देखिएका छन्। 

उनले गत साता आफू निकट नेताहरुको भेलामा समेत महाधिवेशन फागुनमा हुन नसक्ने बताएका थिए। 

भेलामा सहभागी नेताहरुका अनुसार महाधिवेशन केही पर धकेलिन सक्ने बताएका थिए। 

कांग्रेसको आगामी केन्द्रीय समितिको बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे निर्णय गर्ने बताइएको छ। केही दिनभित्रै केन्द्रीय समितिको बैठक डाक्ने तयारी छ। 

मंसिर १९ गते बसेको पदाधिकारी बैठकमा समायोजन र महाधिवेशनको मिति लगायतका विषयमा सामान्य छलफल भएको थियो। 

बैठकले मंसिर अन्तिमसम्ममा समायोजनको काम सक्ने निर्णय गरे पनि समायोजन अझै सकिएको छैन। फागुनमा महाधिवेशन गर्ने गरी सार्वजनिक गरिएको कार्यतालिकाअनुसार क्रियाशील सदस्यता वितरण तथा नवीकरणको अन्तिम टुंगो मंसिर अन्तिमसम्म लगाइसक्नुपर्ने थियो। तर अर्घाखाँचीबाहेकका जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा आएको छैन। 

यस्तै अन्य पार्टी परित्याग गरी आएका नेताकार्यकर्ताको समायोजनको टुंगोसमेत लाग्न सकेको छैन।  

क्रियाशील सदस्यताले महाधिवेशनको नतिजामै प्रभाव पार्ने हुँदा अन्य दलबाट आएका नेताकार्यकर्तालाई दिइने क्रियाशील सदस्यतामा संस्थापन र इतर समूहबीच सहमति जुट्न सकेको छैन। 

कांग्रेसमा क्रियाशील सदस्यले क्षेत्रीय प्रतिनिधि छनोट गर्छन् र क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि। 
क्रियाशील सदस्यता वितरणको मामिलामा कांग्रेसमा सधैं विवाद हुने गरेको छ। सोही कारण क्रियाशील सदस्यताको अन्तिम टुंगो नलागी महाधिवेशनको बाँकी तयारी अघि बढ्न सक्दैनन्।

जिल्लाबाट क्रियाशील सदस्यको फाराम केन्द्रसम्म पठाउन र त्यसलाई टाइप गर्न लामो समय लाग्ने भन्दै कांग्रेस सप्टवेयर बनाएर विवरण सीधै भर्न पाउने व्यवस्था मिलाएको छ। 

इन्जिनियरको टोलीले सप्टवेयरको विकास गरिरहेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

सप्टवेयर विकास गर्ने काम भइरहेकाले क्रियाशील सदस्यको फाराम केन्द्रीय कार्यालयमा पठाउने तयारीमा रहेका जिल्लालाई समेत केही दिन होल्ड गर्न भनिएको छ।

प्रकाशित: Dec 17, 2020| 12:04 बिहीबार, पुस २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।