बिहीबार, असोज १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ईसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस मोटरसाइकल

ईसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजनामा प्युठानका मनोजले पाए टिभिएस मोटरसाइकल

 |  बिहीबार, मंसिर २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २५, २०७७

काठमाडौं– ईसेवाले दसैं, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका विजेता घोषणा गरिएको छ। 

उपहार योजना अन्तर्गत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जित्न सफल भएका छन्। बुधबार गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो । 

बुधबार नै अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न आकर्षक पुरस्कार जित्न सफल भएका छन्।

मंसिर ५ गतेसम्म सञ्चालित योजनामा साप्ताहिक रुपमा सयौँ जनाले आकर्षक पुरस्कार जित्न सफल भएको कम्पनीले जनाएको छ।
 

प्रकाशित: Dec 10, 2020| 10:32 बिहीबार, मंसिर २५, २०७७
प्रतिक्रिया दिनुहोस्