मंगलबार, मंसिर ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बैठक छल्ने प्रयासमा ओली, बहुमतबाटै अघि बढ्ने पक्षमा दाहाल-नेपाल

Siddartha premir insuranceSiddartha premir insurance

बैठक छल्ने प्रयासमा ओली, बहुमतबाटै अघि बढ्ने पक्षमा दाहाल-नेपाल

ओलीलाई उपस्थितिका लागि अनुरोध गरेको समय शनिबार सकिँदै छ। तर बैठकमा ओली सहभागी हुने या नहुने टुंगो लागेको छैन।
 |  शुक्रबार, मंसिर १९, २०७७
nespernesper

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, मंसिर १९, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली १६ मंसिरको सचिवालय बैठकमा सहभागी भएनन्। उनको अनुपस्थितिमै केहीबेर बैठक बसेर २० मंसिरका लागि अर्को बैठक तय भयो। 

triton college

सचिवालय बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई शनिबारको बैठकमा अनिवार्य उपस्थित हुन अनुरोध गर्ने निर्णय गरेको थियो। 

ओलीलाई उपस्थितिका लागि अनुरोध गरेको समय शनिबार सकिँदै छ। तर बैठकमा ओली सहभागी हुने या नहुने टुंगो लागेको छैन। उनी बैठक रणनीतिमा रहेको उनी निकटका नेताहरूका क्रियाकलापले पुष्टि गर्छ। 

सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली निकट नेताहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई मनाउन सक्रिय छन्।

यसै क्रममा शुक्रबार बिहान उपप्रधान एवम् सचिवालय सदस्य ईश्वर पोखरेलले दाहाल निवास खुमलटारमा पुगेर छलफल गरे। ओलीका दूतका रूपमा दाहाल निवास पुगेका पोखरेलले पार्टीभित्र देखिएको विवाद समाधानमा गम्भीर बन्न दाहाललाई आग्रह गरेका थिए। 

Metro Mart
vianet

‘उहाँले दुई अध्यक्षबीच नै छलफल गरेर सहमतिका साथ अघि बढ्न आग्रह गर्नुभएको हो,’ पोखरेल निकट स्रोतले भन्यो। 

दाहालले आफू छलफल र सहमतिकै आधारमा अघि बढ्न चाहे पनि प्रधानमन्त्री ओलीकै कारण समस्या रहेको जवाफ दिएका थिए।

ओली इतर समूहका नेताहरु प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्दैमा विवाद समाधान नहुने बताउँछन्। उनी बैठकमा सहभागी भएमा समस्या समाधानको गाँठो फुक्न सक्ने धेरैको बुझाइ छ।

यसअघि बिहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले कार्यकारी अध्यक्ष दाहालसँग भेटवार्ता गरेर समस्या समाधानका लागि पहल गर्न आग्रह गरे। उक्त छलफलमा पनि दाहाल आफ्नो अडानमा रहेपछि ओली पार्टीभित्र आफू अल्पमतमा पर्ने निष्कर्षमा पुगेका छन्। त्यसैले उनी जसरी पनि कमिटीका बैठकबाट पन्छिन खोजिरहेका हुन्।

दाहाललाई सहमत गराएर तत्कालको विवाद हल गर्न चाहिरहेका ओलीकै चाहनाअनुसार यो बीचमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सक्रिय बनेकी छन्। उनले बिहीबार साँझ दाहाललाई शीतल निवासमा बोलाएर सहमतिका लागि पहल गर्न आग्रह गरेकी थिइन्। त्यसो त ओलीले पनि बिहीबार बिहान राष्ट्रपति भण्डारीसँग पार्टी विवादका विषयमा परामर्श गरेका थिए।

एक्लै सहमति कायम गर्ने पक्षमा छैनन् दाहाल

यसअघि ओलीसँग विवाद हुँदा एकल सहमति हुँदै आए पनि अहिले दाहाल त्यसरी अघि बढ्ने मनस्थितिमा छैनन्। सचिवालयका अन्य चारजना नेताहरुको सहमति बिना एक्लै ओलीसँग सहमति गरे उनकै लागि घाटा हुने निश्चित छ। 

त्यसैले दाहाल–नेपाल पक्ष भने अब पार्टी कमिटीले गर्ने निर्णयकै आधारमा अघि बढ्नुपर्नेमा छ। 

ओली इतर समूहका नेताहरु प्रधानमन्त्री ओली पार्टी कमिटीका बैठकबाट भाग्दैमा विवाद समाधान नहुने बताउँछन्। उनी बैठकमा सहभागी भएमा समस्या समाधानको गाँठो फुक्न सक्ने धेरैको बुझाइ छ।

‘उहाँ पार्टी कमिटीका बैठकमा आउनुहुन्छ, आउनुपर्छ र बसेर छलफल गरेर विवादको सामना गर्नुपर्छ। विवाद सामना नगर्ने व्यक्ति नेतृत्व हुन सक्दैन,’ नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसाल भन्छिन्, ‘उहाँ शनिबारको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन। आफैंले ३८ पेजको प्रतिवेदन पेस गर्नुभएको छ। त्यसअघि अर्का अध्यक्षले पनि प्रतिवेदन पेस गर्नुभएको छ। ती प्रस्तावको छलफलमा सहभागी नबनेर त्यसबाट उम्केर समस्याको हल हुँदैन।’ 

ओलीले तीन दिनदेखि माहोल आफ्नो पक्षमा पार्न खोजेको प्रयास सफल हुन सकेको छैन। यसबीचमा उनी निकटका नेताहरू पनि सक्रिय छन्। उनीहरूले सचिवालय बैठकमा साझा प्रस्ताव ल्याउन सकिने हिसाबले छलफल तीव्र बनाए पनि निष्कर्ष निस्केको छैन। 

अर्का स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य पनि ओलीलाई बैठकमा आउँदिनँ र भाग लिन्नँ भन्ने छुट नरहेको बताउँछिन्। दुई वटा प्रतिवेदन आउँदैमा पार्टी विग्रहमा जान्छ भन्ने नरहेको उनको बुझाइ छ।

‘सबैभन्दा बढी क्षति त बैठकमा बसेर छलफल नगर्नेलाई नै हुन्छ,’ उनले भनिन्, ‘दाहाल कमरेडले प्रतिवेदन पेस गरेपछि उहाँले बैठक छोडेर जान मिल्दैन नि। समस्या समाधान बाहिरबाट कुनै हालतमा पनि हुँदैन। पार्टीभित्रैबाट हल गर्नुपर्छ।’ सहमति नभएमा सबैले बहुमतको निर्णय मान्नुपर्ने उनी बताउँछिन्। 

ओली निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल बहुमत र अल्पमतको धम्की देखाएर अघि बढ्दा त्यसले समस्या ल्याउने बताउँछन्।

‘पार्टीभित्र विधि, पद्धति सबैले पालना गर्नुपर्छ। तर, गल्ती त पहिले उहाँहरूले गरिसक्नुभएको छ नि,’ उनी भन्छन्, ‘उहाँहरू कमिटीको निर्णयअनुसार अगाडि बढ्नुहुन्छ भने केपी ओलीलाई पार्टीबाट निकालेर देखाए भैगो नि।’

ओलीविरुद्ध एकल रुपमा ल्याइएको राजनीतिक प्रस्तावमा फौजदारीसम्मको आरोप लगाइएको तर्क गर्दै उनले त्यसलाई पुष्टि गर्न चेतावनी दिए। 

‘उहाँहरू अहिले बहुमतको दम्भ देखाएर हिँड्न खोज्नुभएको छ,’ उनले भने, ‘तागत भए निकालिदिए भै गयो नि। पाइलैपिच्छे गुटबन्दी गर्ने र समस्या बढाउने काम भएको छ।’

ओलीले तीन दिनदेखि माहोल आफ्नो पक्षमा पार्न खोजेको प्रयास सफल हुन सकेको छैन। यसबीचमा उनी निकटका नेताहरू पनि सक्रिय छन्। उनीहरूले सचिवालय बैठकमा साझा प्रस्ताव ल्याउन सकिने हिसाबले छलफल तीव्र बनाए पनि निष्कर्ष निस्केको छैन। 

प्रकाशित: Dec 04, 2020| 14:03 शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।