काठमाडौं– नेपालको लागि स्याङयोङ मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले यस वर्षको दसैंतिहारको अवसरमा स्याङयोङ फेस्टिभ डिलाइट अफर ल्याएको छ ।
यस अफरमा ग्राहकले ३ लाखसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै आफ्ना पुराना सवारीसाधनसँग एक्सचेन्ज गरेबापत २ लाखसम्म एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले कोभिड वारियर्सहरु (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख डिस्काउन्ट दिइनेछन् ।
साथै आइएमएस मोटर्स स्याङयोङले ग्राहकहरुलाई एक वर्ष निःशुल्क बीमा, सात वर्ष सजिलो फाइनान्स, तीन वर्ष वारेन्टी, तीन वर्षसम्म निःशुल्क मर्मत लागत, रु. २५,००० बराबरको निःशुल्क एसेसोरिज निःशुल्क सर्भिसिङ लगायत सुविधा तथा छुट दिने भएको छ।
अफर ०७७ असोज २८ गते देखि कात्तिक २६ गतेसम्म लागू हुनेछ ।