काठमाडौं– बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।
मंगलबार ९५ हजार १०० मा कारोबार भएको प्रतितोला सुन आज ९४ हजार ५०० तोकिएको छ।
आज तेजाबी सुनको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार ६०० मा कारोबार भएको सुन आज ९४ हजार कायम भएको छ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर एक हजार २०५ मा कारोबार भइरहेको छ।