आइतबार, भदौ १४, २०८३

नेप्सेमा झिनो अंकको सुधार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) मा झिनो अंकको सुधार आएको छ। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) मा झिनो अंकको सुधार आएको छ। 

१.७४ अंकले उकालो लागेको बजार १५७८.०१ मा पुगेर रोकिएको हो। 

आज १८९ कम्पनीको ६८ लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ इन्डेक्स १.३७ अंकले बढेर ३१३.१० मा पुगेको छ। 

आज बैंकिङ समूह २.३९, व्यापार २.१६, होटल ६.९४, विकास बैंक ७९.१२ र माइक्रोफाइनान्स ३.९३ अंकले बढेको छ। 

त्यस्तै जलविद्युत् ७.१२, फाइनान्स ११.६६, निर्जिवन बिमा १२.१२, उत्पादन १५.५२, अन्य १.८३, बिमा २८.३७ र म्युचुअल फण्ड ०.०३ अंकले घटेको छ। 

सोमबार मुक्तिनाथ विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन्। 
 

प्रकाशित: Oct 12, 2020| 10:15 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्