आइतबार, भदौ १४, २०८३

डाट्सनको रेडी गो नयाँ मोडलमा 

डाट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले रेडी–गोको नयाँ मोडल सार्वजनिक गरेको छ। 
 |  सोमबार, असोज २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०७७

काठमाडौं– डाट्सन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले रेडी–गोको नयाँ मोडल सार्वजनिक गरेको छ। 

नयाँ रेडी गो स्लिक तथा बोल्ड लुक्सका साथ पूूर्ण क्रोम सराउन्डयुक्त भएको कम्पनीले जनाएको छ। 

यसमा एल सेप डिआरएल, स्लिक हेडल्याम्प, एलइडी फग ल्याम्प, सिल्भर डेकोरेसनजस्ता विशेषता छन्। 

त्यस्तै, पेन्टाब्लेड डुअल टोन ह्विल कभर, एलइडी सिग्नेचर टेल ल्याम्प र डुअर ट्रिम छ। 

१८७ एमएम ग्राउण्ड ग्राउन्ड क्लियरेन्स रहेको गाडीमा ८ इन्चको टचस्क्रिन भ्वाइस रिकग्निसनयुक्त इन्फोटेन्मेन्ट, एडभान्स एन्ड्रोइड तथा एप्पल कार प्लेजस्ता विशेषता पनि छन्। 

रियर सिट बेल्ट, डुअल एयर ब्याग तथा प्रोजेक्सन गाइडका साथ रियर भ्यू क्यामेरालगायत विशेषता छन्। 

नयाँ रेडी–गो स्यान्डस्टोन ब्राउन, भिभिड ब्लू, ब्लेड सिल्भर, ब्रोन्ज ग्रे, ओपल ह्वाइट तथा फियरी रेड रंगमा उपलब्ध छ। गाडीको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 
 

प्रकाशित: Oct 12, 2020| 05:39 सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्