आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिग मार्टमा ई–सेवा र फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट 

बिग मार्टमा ई–सेवा र फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट 

बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुचारू भएको छ ।
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– बिग मार्टमा सपिङ गर्दा ई–सेवा तथा फोनपे नेटवर्क मार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट पाइने योजना पुनः सुचारू भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बिगमार्ट र इसेवाको सहकार्यमा सुरू भएको यो योजना कोरोना भाइरसका कारण दोस्रो पटक गरिएको निशेधाज्ञाका कारण स्थगित भएको थियो । अहिले निशेधाज्ञा हटेसँगै यो योजना पुःन सूचारु भएको हो । अब यो योजना असोज महिनाभर जारी रहने कम्पनीले जनाएको छ । 

बिग मार्टमा ई–सेवा र फोनपेमार्फत भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट 
यो योजना बिगमार्टका ५० वटै स्टोर्समा लागु छ । योजना अनुसार बिहान र बेलुका फलफूल तथा तरकारी खरिद गर्दा इसेवा तथा फोनपेबाट (मोबाईल बैंकिङ) क्यूआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट पाइने छ भने दिउँसो ११ बजेदेखि ४ बजेसम्म २५ प्रतिशत छुट पाइने छ । यस्तो छुट अधिकतम रू ३ सय सम्म पाइनेछ । 

प्रकाशित: Oct 11, 2020| 11:29 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्