आइतबार, भदौ १४, २०८३

१३.३७ अंकले घट्यो नेप्से 

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ। 
 |  आइतबार, असोज २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०७७

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ। 

बजार खुलेदेखि नै ओरालो लागेको नेप्से १३.३७ अंकले घटेको हो। घटेको बजार १५७६.२७ विन्दुमा पुगेर रोकिएको छ। 

आज सेन्सेटिभ इन्डेक्ससमेत ३.०१ अंकले घटेर ३११.७३ मा पुगेको छ। घटेको बजारमा दुई अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बराबर कारोबार भएको छ। 

आज १९३ कम्पनीको ९२ लाख ४७ हजार सेयर खरिद विक्री भएको छ। 

आज फाइनान्स समूहको उपसूचक १७.०५ अंकले उकालो लागेको छ भने बाँकी सबै समूह घटेका छन्। 

बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८ र जलविद्युत् २७.७५ अंकले घटेको छ। 

त्यसैगरी निर्जिवन बिमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, माइक्रोफाइनान्स ८.९३, बिमा १०.७१ र म्युचुअल फण्ड ०.१ अंकले घटेको छ। 

आज आईसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने अपी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन्।  
 

प्रकाशित: Oct 11, 2020| 09:27 आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्