शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन प्रवर्द्धनका लागि पोखरा–सौराहा साइकल यात्रा

पर्यटन प्रवर्द्धनका लागि पोखरा–सौराहा साइकल यात्रा

पोखरेली युवा व्यवसायीहरु पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा गरेर सौराहा पुगेका छन्।
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

पोखरा- पोखरेली युवा व्यवसायीहरु पर्यटन प्रवर्द्धन गर्न साइकल यात्रा गरेर सौराहा पुगेका छन्। कोरोना त्रासका कारण आक्रान्त पर्यटन व्यवसाय पुनर्जागरणको सन्देश दिन पोखराका युवा व्यवसायी साइकल र्‍याली गर्दै सौराहा पुगेका हुन्।

बिहीबार बिहान ७ बजे पोखराबाट हिँडेको टोली दिउँसो सौराहा पुगेको साइकल र्‍यालीका संयोजक सोभितमान बुद्धाचार्यले बताए। टोली शुक्रबार सौराहामै बस्ने र शनिबार पोखरा फर्केने छ। ‘हाम्रो उद्देश्य थलिएको पर्यटनलाई पुनर्जागृत गराऔँ भन्ने सन्देश दिनु हो।

थिलथिलिएको पर्यटनलाई अब चलायमान गराउनुपर्छ र त्यसका लागि हामी तयार छौँ भन्ने सन्देश दिनु पनि हो,’ उनले भने।

टोली अगुवा बुद्धाचार्यले पोखरासहित पर्यटकीय क्षेत्रहरु सुरक्षित छन् है भनेर सन्देश दिन पनि आफूहरुको भ्रमण गरेको बताए। अब पनि हामी चुप लागेर बस्यौँ भने पर्यटन क्षेत्र जगाउन मुस्किल पर्ने ठानेर साइकल यात्रा थालेको उनको भनाइ थियो। 

पर्यटन प्रवद्र्धनका लागि निस्केका युवाहरुले जसले जहाँबाट सक्छ त्यहीबाट अब पर्यटन प्रवद्र्धनसहित अर्थतन्त्र चलायमान बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन्। 

र्‍यालीमा युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखराका अध्यक्ष पुनीत वैद्य, युवा व्यवसायीहरु साझेन्द्रसिंह हमाल, स्वप्नील वैद्य, अरुण गुरुङ, कुशल पालिखे, सुशीन लामा, रेक्स मल्ल, विराज केसी र बरदान ताङ्वे लामासहित १० जना छन्।

प्रकाशित: Oct 08, 2020| 13:48 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्