काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ।
बुधबार १४.६८ अंकले वृद्धि भएको बजार आज, बिहीबार ११.३६ अंकले घटेको हो।
घटेको बजार १५८९.६३ विन्दुमा पुगेर रोकिएको हो। बुधबार १६००.९७ विन्दुमा पुगेको थियो।
आज सेन्सेटिभ इन्डेक्ससमेत १.६५ अंकले घटेर ३१४.७४ मा पुगेको छ। घटेको बजारमा दुई अर्ब ९० करोड ५० लाख रुपैयाँ बराबर कारोबार भएको छ।
आज १९३ कम्पनीको एक करोड ११ लाख ६४ हजार सेयर खरिद विक्री भएको छ।
आज फाइनान्स समूहको उपसूचक ३१.७२, माइक्रोफाइनान्स ०.८५ र म्युचुअल फण्ड ०.०२ विन्दुले उकालो लागेको छ भने बाँकी सबै समूह घटेका छन्।
बैंकिङ ८.७१, व्यापार २.३७, होटल ३१.०४, विकास बैंक २०.९९ र जलविद्युत् ४४.५७ अंकले घटेको छ।
त्यसैगरी निर्जिवन बिमा ७४.३१, अन्य ५.९२ र बिमा २४.१६ अंकले घटेको छ।
आज मल्टी प्रपोज फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिनर्जी पावर डेभलप्मेन्ट लिमिटेडका लगानीकर्ताले गुमाएका छन्।