शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकिङ : एक सातामै २७ अर्ब कर्जा लगानी, निक्षेप १७ अर्ब बढ्यो 

बैंकिङ : एक सातामै २७ अर्ब कर्जा लगानी, निक्षेप १७ अर्ब बढ्यो 

चाडपर्व नजिकिएसँगै आर्थिक गतिविधि बढेपछि बैंकहरुको कर्जासँगै  निक्षेप पनि बृद्धि हुन थालेको हो। 
 |  बिहीबार, असोज २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २२, २०७७

काठमाडौं– कोभिड– १९ को महामारीका कारण सुस्त भएको बैंकिङ कारोबार दशैं नजिकिंदै गर्दा आफ्नो लयमा फर्किन थालेको छ। चाडपर्व नजिकिएसँगै आर्थिक गतिविधि बढेपछि बैंकहरुको कर्जासँगै  निक्षेप पनि बृद्धि हुन थालेको हो। 

नेपाल बैंकर्स संघका अनुसार गत साता वाणिज्य बैंकहरुमा निक्षेप १७ अर्ब रुपैयाँ थपिएको छ भने कर्जा लगानी २७ अर्ब रुपैयाँ बढेको छ।  

कोभिड संक्रमण रोक्न सरकारले चैतमा लकडाउन गरेसँगै बैंकहरुको निक्षेप तथा कर्जा लगानी खुम्चिएको थियो। आर्थिक वर्षको अन्त्य (असारसम्म) आइपुग्दा बैंकहरुको निक्षेप तथा कर्जा दुवै नकारात्मक भएको थियो। 

साउनबाट विस्तारै बैंकिङ कारोबार बढ्न थालेकोमा असोजको अन्तिम आइपुग्दा पुरानै लयमा फर्किन थालेको हो । भदौ पहिलो साता बैंकहरुको निक्षेप तथा कर्जा ५÷५ अर्ब रुपैयाँले वृद्धि भएको थियो । 

संघका अनुसार असोज १६ गतेसम्ममा बैंकहरुले ३५ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २९ खर्ब ४६ अर्ब ऋण लगानी गरेका छन् । 

गत आव (२०७६/७७) मा बैंकहरुले कुल ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन र २८ खर्ब ७८ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए। चालू आवको असोज महिनाको शुक्रबारसम्म बैंकहरुले ७२ अर्ब निक्षेप संकलन र ६८ अर्ब लगानी बृद्धि गरेका छन्। 

सरकारी कार्यालय र कर्पोरेट हाउसहरुले चाडपर्व खर्च भुक्तानी पाउँदा पनि बैंकिङ कारोबार बढेको हो। 
 

प्रकाशित: Oct 08, 2020| 07:08 बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्