शनिबार, भदौ १३, २०८३

१४.७१ अंकले बढ्यो नेप्से 

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) १४.७१ अंकले बढेको छ। 
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) १४.७१ अंकले बढेको छ। 

बढेको बजार १५८५.७५ अंकमा पुगेर रोकिएको हो। आज २.१९ अंकले बढेर सेन्सेटिभ इन्डेक्स ३१२.३५ मा पुगेको छ। 

आइतबार १९३ कम्पनीका एक करोड दुई लाख सेयर किनबेच हुँदा तीन अर्ब चार करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज जलविद्युत् १५.२६ र म्युचुअल फण्ड ०.३५ अंकले घटेको छ भने बाँकी सबै उपसूचक उकालो लागेका छन्। 

बैंकिङ १५.५६, व्यापार १५.७७, होटल ११.८७, विकास बैंक २३.४९, फाइनान्स २.४३ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बिमा २४.७, उत्पादन १४५.२६, अन्य ११.१५, माइक्रोफाइनान्स ४.०३ र बिमा ४५.०३ अंकले बढेको छ। 

आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सबैभन्दा बढी यूनियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन्।   
 

प्रकाशित: Oct 04, 2020| 09:29 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्