शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरैकुरामा उपहार’ योजना

एनसेलले ल्यायो चाडपर्व लक्षित ‘कुरैकुरामा उपहार’ योजना

चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनसँग कुरा गर्न सक्ने भएका छन्।
 |  आइतबार, असोज १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०७७

काठमाडौं– चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिँदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनसँग कुरा गर्न सक्ने भएका छन्। साथै दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् । 

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाइस सेवाका ग्राहकका लागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ। यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् । 

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना आइतबार (असोज १८) देखि लागु भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहनेछ । 

चाडपर्वको अवसरमा ल्याइएको यो योजनाबाट फाइदा लिन एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी सजिलै निःशुल्क सहभागि हुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् । 

यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७०० जना ग्राहकलाई रु २०० बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसङ ग्यालेक्सी नोट २० रहेका छन् । 

एनसेल आजियाटा लिमिटेडका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले यस योजनाका बारेमा भने, “चाडपर्वको सुरुवातसँगै यो वर्षको सबै भन्दा रमाईलो समयको आगमन भएको छ । यो वर्ष महामारीले लामो समयसम्म हामीलाई हाम्रा प्रियजन तथा आफन्तहरुबाट टाढा राखेकोले चाडपर्व अझ विषेश हुनेछ जसले गर्दा हाम्रा प्रियजनहरुसँग सम्पर्कमा रही रहनु अझ महत्वपूर्ण हुन्छ । यही कारणले गर्दा हाम्रा गाहकहरुलाई आफ्ना प्रियजनहरुसँग सम्पर्कमा रही रहन ‘कुरै कुरामा उपहार’ योजना ल्याएका छौं । भ्वाइस टक टाइम र आकर्षक उपहारहरुले चाडपर्वलाई थप रमाईलो बनाउनेमा हामी विश्वस्त छौं ।”

यस योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्य प्रत्येक प्रदेशबाट हरेक दिन १०० जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइनेछ । दैनिक उपहार अन्तर्गत ग्राहकले रु. २०० बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् । 

साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्य सातै प्रदेशका १–१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसङ ग्यालेक्सि एम०१एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन् । 

त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसङ ग्यालेक्सी नोट २० रहेको छ । 

यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबारसुरु भई शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तान्तरण गर्नेछ ।  
 

प्रकाशित: Oct 04, 2020| 07:34 आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्