काठमाडौं– उडान स्थगित गरेको १२ वर्षपछि यती एयरलाइन्सले काठमाडौं–सिमरा उडान गर्ने भएको छ।
२२औं वार्षिकोत्सवको अवसरमा एयरलाइन्सले नयाँ गन्तव्यको रुपमा असोज २१ देखि सिमरामा पुनः उडान गर्ने घोषणा गरेको हो।
यतीले सिमरामा जेटईस्ट्रीम–४१ विमानमार्फत बिहान ९ बजे र साँझ ४.४५ बजे काठमाडौंबाट उडान गर्ने जनाएको छ।