शनिबार, भदौ १३, २०८३

कोरोना महामारीमा पनि एडीबीका आयोजना निरन्तर

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेको एडीबीले जनाएको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा संचालित सबै विकास परियोजनाहरुमा निर्माणकार्य निर्वाध रुपमा अगाडि बढिरहेको एडीबीले जनाएको छ।

कार्यस्थलमा निर्माणकार्य संचालन गर्दा कोभिड—१९ जोखिम व्यवस्थापनका लागि स्ट्याण्डर्ड अपरेटिङ प्रोसेड्योर (एसओपी) लागू गरेर विकास परियोजनालाई अगाडि बढाइएको उसको भनाइ छ।

बैंकले आफ्ना सम्पूर्ण लगानी रहेका विकास परियोजनामा एसओपी लागू गरेर निर्माण कार्यलाई अगाडि बढाएकोे जनाएको छ। एसओपी लागू गर्दा विकास परियोजनालाई निरन्तरता दिन सहज र सुरक्षित भएको पनि एडीबीले जनाएको छ।

यसरी बनेको एसओपी अन्तर्राष्ट्रिय उत्तम अभ्यास तथा विभित्र अन्तर्राष्ट्रिय स्वास्थ्य तथा विकाससँग सम्बन्धित संस्थाहरुले जारी गरेका निर्देशिकाहरुलाई पालन गरी बनाइएको हो।

त्यसैगरी निर्माण कार्य सुचारु गर्दा अपनाइने कार्यविधिहरुमा काम सुरु गर्नुअघि कामदारको व्यवस्थापन, प्रवेशद्घारमा सुरक्षा व्यवस्था, कामदारलाई निर्माण क्षेत्रबाट बाहिर जान निषेध, प्लान्ट र मेसिनरीको निर्मलिकरण, सामान लोड–अनलोड गर्ने तरिका, पीपीईको प्रयोग एवं कामदारहरुको बस्ने शिविर (क्याम्प) को उचित व्यवस्थापन गरिएको एडीबीका वरिष्ठ वातावरण अधिकृत दिपकबहादुर सिंहले आर्थिक पत्रकार समाज (सेजन)ले विहिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा एडीबीका देशिय निर्देशक मुख्तोर खामुदखानोभले परियोजना साइटहरुमा कामदारहरूको सुरक्षा सुनिश्चित गर्न एसओपीले महत्वपूर्ण भूमिका खेलेको बताए। विकास परियोजनालाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाले एडिबीले एसओपी बनाएर निर्माणलाई निरन्तरता दिएको उनको भनाइ थियो । 

कार्यक्रममा एडिबीले बनाएको जस्तै एसओपी बनाएर अन्यविकास परियोजनालाई अगाडि बढाउन सकिने पूर्व अर्थसचिव सुमन शर्माले बताए ।

एडीबीले बनाएको एसओपी कार्यान्वयनमा समेत आइसकेको र त्यसको प्रभाव प्रोजेक्ट क्षेत्रमा समेत देखिएको एसओपी कार्यान्वन गरेका परियोजनाको अनुभवले देखाएको भन्दै यसले सकारात्मक सन्देश दिएको शर्माले बताए । 

कोभिड १९ ले विश्वसहित नेपालको अर्थतन्त्रमा पारेको प्रभावले वेरोजगारीको संख्या बढाएको एवं वैदेशिक रोजगारीबाट फर्किएको भन्दै स्वदेशमै रोजगारी दिने व्यवस्थाका लागि पहल आवश्यक भएको बताए । 

प्रकाशित: Oct 01, 2020| 12:02 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्