शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्डद्वारा जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल लागू

धितोपत्र बोर्डद्वारा जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल लागू

नेपाल धितोपत्र बोर्डले जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल बिहीबारदेखि लागू गरेको छ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– नेपाल धितोपत्र बोर्डले जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल बिहीबारदेखि लागू गरेको छ।

बोर्डले अपराधजन्य कार्यबाट आर्जित सम्पत्तिलाई दोस्रो बजारमा लगानी नगरुन् भन्ने सोचका साथ सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरीवेक्षण म्यानुअल २०७७ कार्यान्वयनमा ल्याएको हो। 

यसअघि पनि बोर्डले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गरी सुपरीवेक्षण गर्दै आएको थियो । तर बिहिबारदेखि म्यानुअल नै बनाएर अन्तर्राष्ट्रिय स्तरको जोखिममा आधारित सुपरीवेक्षण गरिने भएको हो ।

बोर्डले ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कर्यालय, ग्राहकलाई समेत समेटेर प्यारामिटर तयार गरी सोही आधारमा जोखिम गणना गरिने स्पष्ट पारेको छ ।

बोर्डले जोखिममा आधारित सुपरीवेक्षण गर्दा १ देखि ५ सम्म अंक दिइने गरी म्यानुअल तयार पारेको छ, जसको सबैभन्दा बढी जोखिम अर्थात ५ अंक आउँछ ।

त्यसको वर्षैपिच्छे स्थलगत निरीक्षण गरिने छ। कम जोखिम आउने ब्रोकर कम्पनीको हकमा उनीहरुको निरीक्षण गरिने बोर्डका प्रबक्ता निरज गिरिले जानकारी दिए । 

बोर्डका अनुसार म्यानुअल नै तयार पारेर अनुगमन सुपरीवेक्षण गरेपछि कहाँ कसरी सम्पत्ति शुद्धिकरणसम्बन्धी क्रियाकलाप भइरहेको छ भन्ने बुझ्न सहज हुन्छ।

सुपरीवेक्षण म्यानुअलबाट धितोपत्र कारोबार गर्ने व्यवसायीहरुको स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षण गरिने, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैरस्थलगत जोखिम मूल्याङकन हुने, उच्च पदस्थ व्यक्ति सम्बन्धी जोखिम पहिचान हुने, वितरण माध्यम सम्बन्धी हुने जोखिम पहिचानका लागि सहज हुने पनि बोर्डले जनाएको छ ।

यसबाट उनीहरुसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण जोखिम कति हुन्छ भनेर गणना गर्नसक्ने स्थितिमा बोर्ड पुग्ने गिरीले जानकारी दिए ।

प्रकाशित: Oct 01, 2020| 11:42 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्