शनिबार, भदौ १३, २०८३

२०.६१ अंकले बढ्यो नेप्से, दुई अर्ब ८० करोडको कारोबार 

साताको अन्तिम कारोबार दिन आज, बिहीबार सेयर बजार परिसूचक (नेप्से) २०.६१ अंकले बढेको छ। 
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज, बिहीबार सेयर बजार परिसूचक (नेप्से) २०.६१ अंकले बढेको छ। 

बढेको नेप्से १५७१.०४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स पनि २.९८ अंकले बढेर ३१०.१५ मा पुगेको छ। 

आज १९२ कम्पनीको ९९ लाख ३० हजार सेयर किनबेच हुँदा दुई अर्ब ८० करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज जलविद्युत् २४.७६ र म्युचुअल फण्ड ०.०१ अंकले घटेको छ भने बाँकी सबै उपसमूह बढेका छन्। 

बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८ र फाइनान्स ५.७९ अंकले बढेको छ। 

त्यस्तै निर्जिवन बिमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, माइक्रोफाइनान्स २०.८१ र बिमाको सेयर १५७.३३ अंकले बढेको छ।  

बिहीबार सप्तकोशी विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने माउन्टेन हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। 
 
 

प्रकाशित: Oct 01, 2020| 10:28 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्