शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भारतबाट माछापुच्छ्रे बैंकमा बिना अतिरिक्त शुल्क पैसा पठाउन सकिने

भारतबाट माछापुच्छ्रे बैंकमा बिना अतिरिक्त शुल्क पैसा पठाउन सकिने

 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडाैं- माछापुच्छ्रे बैंक लिमिटेडले रोजगारी तथा अन्य शिलशिलामा भारतमा रहेका नेपालीहरुले भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज मार्फत बिनाकुनै अतिरिक्त शुल्क नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको छ।

चाडबाडको समयलाई लक्षित गरि गएको सोमबारदेखि २ महिनासम्म भारतमा रहेका नेपालीहरुले त्यहाँस्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरी भारतका जुनसुकै स्थानबाट नेपालमा बिना कुनै अतिरिक्त शुल्क पैसा पठाउन सकिनेछ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंक लि. का १६० शाखा, १३३ शाखारहित बैंकिङ्ग सेवा लगायत देशभर रहेका १० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सहज र सरल तरिकाबाट भुक्तानी लिन सकिनेछ। 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ।

प्रकाशित: Oct 01, 2020| 05:31 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्