शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिटी एक्सप्रेसको ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ योजना सार्वजनिक

सिटी एक्सप्रेसको ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ योजना सार्वजनिक

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार योजना घोषणा गरेको छ ।
 |  बिहीबार, असोज १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १५, २०७७

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार योजना घोषणा गरेको छ ।

सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई  रु. १०,००० उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार यस ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ अफर असोज १५ गते देखि मंसिर १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु नहुने कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेसले विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्ष्ति तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित: Oct 01, 2020| 04:52 बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्