शनिबार, भदौ १३, २०८३

कोटेश्वर–जडिबुटी सडक सात लेनको बन्दै 

सवारी चाप हुने कोटेश्वर चोकदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– सवारी चाप हुने कोटेश्वर चोकदेखि जडिबुटीसम्म सडक विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। 

चार लेनको सडक विस्तार गरेर सात लेनको बनाउन अहिले  ‘साइट क्लियर’ को काम अघि बढेको छ। 

डिभिजन सडक कार्यालय काठमाडौंले भदौदेखि सडकका दुवैतर्फको निर्माणस्थल खाली गरिरहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताए। ‘सडक बनाउन अर्थ मन्त्रालयले बजेटको स्वीकृति  दिइसकेको छ,’ उनले भने, ‘साइट क्लियर हुनासाथ ठेक्का प्रक्रियामा जानेछौं।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको हो। विस्तारित सडक पैदलयात्रुमैत्री र ग्रिन बेल्टसहितको हुने डिभिजन कार्यालयले जनाएको छ। 

रासस
 

प्रकाशित: Sep 29, 2020| 14:49 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्