शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएमई मोटर्स र एनएमबी बैंकबीच गाडी कर्जा सम्बन्धी सम्झौता

आईएमई मोटर्स र एनएमबी बैंकबीच गाडी कर्जा सम्बन्धी सम्झौता

आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेल्याण्ड र एनएमबी बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेल्याण्ड र एनएमबी बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतामा बैंककोतर्फबाट चिफ बिजनेश अफिसर सुदेश उपाध्याय र आईएमई मोटर्सकोतर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुरुप एनएमबी बैंकले आईएमई मोटर्सका ग्राहकलाई दोस्त मोडलका सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने छ। 

यसको साथै अशोक लेल्याण्डका अन्य मोडलका गाडीमा पनि एनएमबी बैंकले आफ्नो नीतिअनुसार कर्जा उपलब्ध गराउने छ। 
यसले ग्राहकलाई कर्जा सुविधा प्राप्त गर्न सजिलो हुने दुवै कम्पनीका प्रमुखले बताएका छन्। 

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्तरुपमा ‘ब्राण्ड अवारनेश’का लागि विभिन्न कार्यक्रम गरी अघि बढ्ने कुरामा पनि सम्झौता भएको छ। 

एलसीभी सेग्मेन्टअन्तर्गत दोस्त मोडलका सवारी साधनहरू दूध, पानी, तरकारी, एम्बुलेन्सलगायत प्रयोजनको लागि प्रयोग हुँदै आएका छन्। 
 

प्रकाशित: Sep 29, 2020| 11:23 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्