शनिबार, भदौ १३, २०८३

नेप्से लगातार ओरालो, मंगलबार ७.२१ अंकले घट्यो 

सेयर बजार परिसूचक (नेप्से) आज पनि ओरालो लागेको छ। 
 |  मंगलबार, असोज १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १३, २०७७

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) आज पनि ओरालो लागेको छ। 

सोमबार ४.७३ अंकले घटेको नेप्से आज, मंगलबार ७.२१ अंकले ओरालो लागेको हो। 

आज सेन्सेटिभ इन्डेक्ससमेत १.७९ विन्दुले घटेर ३०७.८२ मा रोकिएको छ। 

खुलेदेखि नै ओरालो लागेको बजार १५५३.६२ अंकमा पुगेर रोकिएको हो। 

आज १९२ कम्पनीको ७३ लाख पाँच हजार सेयर खरिद बिक्री हुँदा एक अर्ब ८२ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज जलविद्युत्, उत्पादन र म्युचुअल फण्ड बाहेकका सबै सूचक ओरालो लागेका छन्। जलविद्युत् २८.०५, उत्पादन ६ र म्युचुअल फण्ड ०.०२ अंकले बढेको छ। 

त्यसैगरी, बैंकिङ समूह १०.८२, व्यापार २४, होटल १०.०८, विकास बैंक ०.६८, फाइनान्स २.८ अंकले घटेको छ। त्यस्तै, निर्जिवन बिमा ४४.९९, अन्य ४.९४, माइक्रोफाइनान्स १३.५८ र जीवन बिमा ४२.९६ अंकले घटेको छ। 

आज जोशी हाइड्रोपावर डेभलप्मेन्ट कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।   
 

प्रकाशित: Sep 29, 2020| 10:20 मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्