काठमाडौं– आज सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९४ हजार २०० कायम भएको छ। सोमबार ९३ हजार ३०० मा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य पनि तोलामा ९०० रुपैयाँ बढेर ९३ हजार ७०० पुगेको छ। सोमबार ९२ हजार ८०० मा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ। सोमबार एक हजार १५० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १७५ तोकिएको छ।