शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वित्तीय संस्थाका ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले बनायो कार्यविधि 

वित्तीय संस्थाका ग्राहक संरक्षणका लागि राष्ट्र बैंकले बनायो कार्यविधि 

नेपाल राष्ट्र बैंकले पहिलो पटक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले पहिलो पटक वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि २०७७ जारी गरेको छ। 

सो कार्यविधि अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकका गुनासो सुन्नका लागि डेपुटी गभर्नरको संयोजकत्वमा अर्का डेपुटी गभर्नर सदस्य रहेको ८ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ। सो समितिले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुन्ने र उनीहरुको समस्या समाधान गर्नेछ। 

नेपाल राष्ट्र बैंकबाट लाइसेन्स वा अनुमति लिई कारोबार गरिरहेका वा गर्ने वित्तीय सेवा प्रदायक तथा सम्पूर्ण वित्तीय मध्यस्थता सेवा तथा राष्ट्र बैंकको क्षेत्राधिकारमा पर्ने अन्य प्रकृतिका कम्पनीको हकमा पनि यो कार्यविधि लागु हुने राष्ट्र बैंकले जनाएको छ । 

कार्यविधिमा कस्ता गुनासाहरु गर्न मिल्छ भनेर उल्लेख गरिएको छ। गुनासो बारे निवेदन कसरी दिने भनेर पनि सिकाइएको छ। इकाइले कसरी गुनासोको सुनुवाइ गर्छ भनेर पनि विस्तृतमा ब्याख्या गरिएको छ। 

यस कार्यविधि अनुसार समितिले कार्यविधिको कार्यान्वयनका लागि आवश्यक समन्वय तथा अनुगमन गर्ने, वित्तीय ग्राहक संरक्षण इकाईबाट समाधान हुन नसकेका गुनासोको सुनुवाई गरी आवश्यक निर्णय गर्ने, छलफल एवं निर्णयका लागि प्रस्ताव भएका विषयवस्तुको आधारमा सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक निर्णय गर्ने व्यवस्था रहेको छ । 

त्यस्तै समितिका निर्णय सचिवालयमार्पmत सम्बन्धित पक्षलाई लिखित रुपमा जानकारी गराउने, वित्तीय ग्राहक संरक्षण इकाईलाई आवश्यक निर्देशन दिने, यस कार्यविधिकोे कार्यान्वयनमा कुनै बाधा वा द्धिविधा उत्पन्न भएमा सोको निवारण गर्ने र कार्यविधिमा भएका व्यवस्थामा संशोधन गर्नुपरेमा पुनरावलोकनका लागि गभर्नर समक्ष सिफारिस गर्ने काम गर्छ ।

गुनासो सुनुवाई प्रकृयाका लागि भने निवेदनकर्ताले गुनासो निवेदन इकाइमा निवेदन दिने, गुनासोकर्ताको जवाफको आधारमा इकाइले नै गुनासो समाधानका लागि पहल गर्ने,  इकाइले समाधान गर्न नसकेको खण्डमा मात्र उच्चस्तरीय समितिमा आउने प्रावधान छ । 

प्रकाशित: Sep 28, 2020| 12:29 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्