शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ४.७३ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ६९ करोडमा सिमित 

४.७३ अंकले घट्यो नेप्से, कारोबार एक अर्ब ६९ करोडमा सिमित 

सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.७३ अंकले घटेको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.७३ अंकले घटेको छ।

खुलेदेखि नै ओरालो लागेको नेप्से १५६०.८३ मा पुगेर रोकिएको हो। 

आज १९१ कम्पनीका ६९ लाख ९७ हजार सेयर किनबेच हुँदा एक अर्ब ६९ करोड एक लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

विकास बैंक २.२४ र फाइनान्स उपसूचक ११.४१ अंकले बढको छ भने बाँकी सबै उपसूचक ओरालो लागेका छन्। 

बैंकिङ उपसमूह ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१ अंकले घटेको छ। त्यस्तै निर्जिवन बिमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, माइक्रोफाइनान्स ७.६१, बिमा ५२.९१ र म्युचुअल फण्ड ०.०५ अंकले ओरालो लागेको छ।    

प्रकाशित: Sep 28, 2020| 09:30 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्