शनिबार, भदौ १३, २०८३

पुसदेखि दोर्दीखोला आयोजनाबाट विद्युत् उत्पादन 

लमजुङकाे दोर्दी गाउँपालिकामा निर्माणाधिन दोर्दीखोला जलविद्युत् आयोजनाबाट आगामी पुसदेखि विद्युत् उत्पादन हुने भएको छ।
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– लमजुङकाे दोर्दी गाउँपालिकामा निर्माणाधिन दोर्दीखोला जलविद्युत् आयोजनाबाट आगामी पुसदेखि विद्युत् उत्पादन हुने भएको छ।

निर्माणको काम सकिएसँगै २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो।

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। 

२०७२ फागुनबाट निर्माण शुरु गरी २०७५ भदौमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर नाकाबन्दी, गत वर्ष मस्र्याङ्दीको बाढीले पुर्‍याएको क्षति र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकोले निर्माण कार्यमा ढिलाइ भएको आयोजनाले जनाएको छ। 

तीन अर्ब ८६ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि करीब चार अर्ब २३ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ। 

दोर्दीखोलामा गैरआवासीय नेपाली संघको ३५.७,  आईएमई ग्रुपको ३४.३  र ३० प्रतिशत सर्वसाधारणको लगानी छ। 
 

प्रकाशित: Sep 28, 2020| 06:37 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्