काठमाडौं- नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङस्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी पर्वोत्सव अफर ल्याएको छ ।
दसैं-तिहार लक्षित योजनाअन्तर्गत ग्राहकले तीन लाख ५० हजार रुपैयाँबाराबरको नगद छुट, दुई लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्यूनतम २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बिमा र गाडीका एसेसेरिजहरु निःशुल्क पाउनेछन् ।
साथै कुनै पनि व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भए आकर्षक नगद पुरस्कार पाइने कम्पनीले जनाएको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३६ वटै सो-रूमहरुमा लागु हुनेछ । सुजुकी ब्रान्डले अल्टो, एस्प्रेसो, सेलेरिओ एक्स्, वागेन आर, इग्निस्, स्विफ्ट, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एलसिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु बिक्री गर्दै आएको छ । यो योजना सीमित अवधिका लागि मात्र रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।