शनिबार, भदौ १३, २०८३

रेमिट्यान्स २३ प्रतिशत बढ्यो

चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– चालू आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा २३ प्रतिशतले वृद्धि भएको छ।

कोभिड–१९ को महामारीले वैदेशिक रोजगारी प्रभावित भए पनि रेमिट्यान्स भने वृद्धि भएको तथ्यांकले देखाएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी प्रतिवेदन अनुसार २०७७ साउनमा नेपालीहरुले रेमिट्यान्सबापत ९२ अर्ब ७१ करोड रुपैयाँ पठाएका छन्। अघिल्लो आर्थिक वर्षको साउनमा ७५ अर्ब ४० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । 

तर गत आर्थिक वर्षको अन्तिम महिना असारमा भने १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। असारको तुलनामा साउनमा करिब २४ अर्ब रुपैयाँ कम रेमिट्यान्स आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। 

कोभिड संक्रमण रोक्न गरिएको लकडाउन र निषेध आदेशका कारण हुण्डी कारोबार बन्द हुँदा बैंकिङ च्यानलबाट रेमिट्यान्स वृद्धि भएको राष्ट्र बैंकले अनुमान गरेको छ। यसैगरी साउनमा अमेरिकी डलरको भाउ उच्च भएकाले रेमिट्यान्स वृद्धि भएको हो।

कोभिडका कारण वैदेशिक रोजगारीबाट फर्किने नेपालीहरुको संख्या बढेको र उनीहरुले जागिर छोड्दा पाएको रकम एकमुष्ट पठाएकाले पनि रेमिट्यान्स बढेको हो। 

प्रकाशित: Sep 25, 2020| 15:10 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्