काठमाडौं- चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा आज (शुक्रबार) साँझ काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन भएको छ।
स्वेच्छिकरुपमा भएको प्रदर्शनमा डा. केसीका माग तत्काल पुरा गरी उनको अनशन तोड्न सरकारलाई आग्रह गरिएको छ।
अनशनरत डा. केसीको स्वास्थ्य खराब हुँदै गएको भन्दै प्रदर्शनकारीहरुले उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन्।