बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अमेरिकी दूतावासले ज्ञानेन्द्र मल्ललाई सोध्यो– नेपाल–अमेरिकाको खेल फेरि चाहनुहुन्छ ?

अमेरिकी दूतावासले ज्ञानेन्द्र मल्ललाई सोध्यो– नेपाल–अमेरिकाको खेल फेरि चाहनुहुन्छ ?

मल्लले गत माघमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नेपालमा सम्पन्न त्रिकोणात्मक शृंखलाका दौरान लिइएको तस्बिर पनि राखेका थिए।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

काठमाडौं– नेपालमा गत चैतबाट खेलकुद प्रतियोगिता ठप्प छ। एसिया कपको छनोटअन्तर्गत एसीसी इस्टर्न रिजन टी–२० मा गत मार्चमा सहभागी बनेयता नेपाली टिमले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलेको छैन।

National life

६ महिनासम्म प्रतियोगिताविहीन बनेका नेपाली खेलाडीको मनमा क्रिकेट कहिले सुरु होला र खेल्न पाइएला भन्ने खुलदुली हुनु स्वाभाविक हो। यस्तैमा, हिजो (आइतबार) साँझ राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ट्विटरमा लेखे, ‘सामान्य समय र खेलमा फर्कनका लागि धेरै उत्साहित छु। सुरक्षित रहनु होला।’

मल्लले गत माघमा सम्पन्न आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नेपालमा सम्पन्न त्रिकोणात्मक शृंखलाका दौरान लिइएको तस्बिर पनि राखेका थिए। जसमा नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सौरभ नोत्राभल्कर खेलअघि टस गरिरहेका देखिन्छन्।

दुवै देशका कप्तान फोटोमा देखेपछि नेपालस्थित अमेरिकी दूतावासले कप्तान मल्लसँग जिज्ञासा राख्यो– मलतब तपाईं नेपाल र अमेरिकाबीचको खेल फेरि चाहनुहुन्छ ?’

Laxmi sunrise bank
kumari

जवाफमा कप्तान मल्लले भनेका छन्, ‘म फेरि खेल्न चाहन्छु, तर त्यस्तै स्कोर कार्डमा होइन।’ उनले रिप्लाइका साथ जिब्रो निकालेर आँखा झिम्क्याएको इमोजी पनि राखेका छन्। त्यो एकदिवसीय खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो भने नेपालको यात्राका दौरान अमेरिकी टिमले कुनै खेल जित्न सकेको थिएन। उसले नेपालसँगका दुई खेल र ओमनसँगको खेल पनि गुमाएको थियो।

अन्तिम खेलमा अमेरिकाले नेपाललाई ३६ रनको झिनो लक्ष्य दिएकोमा घरेलु टिमले दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। एक दिवसीय खेल एक घण्टा ३९ मिनेटमै सकिएको थियो।

नेपाल–अमेरिकाको खेलबारे थप जान्न यहाँ जानुहोस्ः

 

प्रकाशित: Sep 21, 2020| 09:10 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।