शनिबार, कात्तिक २९, २०८२

नेपथ्यको कन्सर्ट अष्ट्रेलियामा

लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं - लोकरक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सांगीतिक यात्रा गर्नेभएको छ।

National life

नेपथ्यले चौथो पटक अष्ट्रेलिया यात्रा गर्न लागेको हो। त्यहाँ बसोबास गर्दैआएका नेपालीहरुको चाहना र प्राथमिकताको सम्मान गर्दै नेपथ्यले कन्सर्ट गर्न लागेको बताएको छ।

यो वर्षको पहिलो नेपथ्य कन्सर्ट भने क्वीन्सल्याण्ड राज्यको राजधानी ब्रिसबेनमा आयोजित हुनेछ। त्यहाँस्थित फोर्टिच्यूड म्यूजिक हलमा नोभेम्बर १९ तारिखमा नेपथ्यले प्रस्तुती दिने भएको हो।

ब्रिसबेनपछि नेपथ्यले उत्तर तर्फको डार्बिनमा नोभेम्बर २२ तारिखका दिन, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८ तारिख, सिड्नीमा डिसेम्बर १४ मा प्रस्तुती दिएपछि अन्तिम प्रस्तुतीको लागि मेलवर्न पुग्ने छ। यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन आयोजना हुनेछ।

नेपथ्यको यस वर्षको यात्रा संयोजन ‘नेपाली टच’ले गर्न लागेको हो।

Laxmi sunrise bank
kumari

‘श्रोता दर्शकहरुको अपार माया पाउँदै आएको अष्ट्रेलियामा यात्राको सबै तयारी सम्पन्न भएको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘अस्ट्रेलियाका हरेक प्रस्तुतिलाई अविस्मरणीय बनाउने क्रममा पहिले कहिल्यै प्रस्तुत नगरेका केही गीत पनि यसपालाको अष्ट्रेलिया यात्रामा सुनाउने भएका छौं।’ आफ्नो घर परिवार र समाजभन्दा टाढा रहेका नेपालीहरुलाई स्वदेशको माया पस्कने जानकारी पनि अमृतले दिए।

प्रकाशित: Nov 15, 2019| 10:01 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्