सोमबार, असार २९, २०८३

'सीमा अतिक्रमणबारे वार्ता गर्न भारत तयार'

नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको भारतीय पक्षले वार्तामा बस्न तयार भएको सन्देश पठाएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको भारतीय पक्षले वार्तामा बस्न तयार भएको सन्देश पठाएको छ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भूमि सुधार मन्त्री पदमा अर्यालले भारतले विदेश मन्त्रालयमार्फत वार्तामा बस्न तयार रहेको जानकारी आएको बताएकी हुन्।

‘लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको हो भन्नेमा नेपाल एकमत छ। कानुनी हिसाबले वैधानिक बनाएर अगाडि बढाउन राष्ट्रिय एकताले ऊर्जा दिएको छ’, मन्त्री अर्यालले समिति बैठकमा प्रधानमन्त्रीका तर्फबाट भनिन्, ‘यही ऊर्जासहित सरकारले भारतसँग वार्ताका लागि पहल सुरु गरिसकेको छ। भारतबाट सकारात्मक सन्देश पनि प्राप्त भएका छन्।’

समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइए पनि उनी गएका थिएनन्।

भारतको विदेश मन्त्रालयका सचिव विजय गोख्लेबाट छलफल गरौँ भन्ने जानकारी आएको मन्त्री अर्यालको भनाइ छ। उनले सरकारले पनि भारतीय पक्षसँग यसबारे कूटनीतिक वार्ता अघि बढाउने काम थालिसकेको जानकारी दिइन्।

‘सन् १८२७ देखि १८५६ सम्ममा भारतले नै बनाएका नक्सामा समेत कालापानी र लिपुलेक समावेश गरेको तथ्य छन्’, उनले भनिन्, ‘सन् १८६५ मा भारतकै तर्फबाट प्रकाशित भएको थियो। कालापानी भारतले नै आफ्नोतर्फ पारेर नक्सा प्रकाशित गरेको हो।’

प्रकाशित: Nov 11, 2019| 10:08 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।