शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वायुसेवा सञ्चालक संघले भन्यो– ५० प्रतिशत यात्रु राखेर उडाउन सकिन्न

वायुसेवा सञ्चालक संघले भन्यो– ५० प्रतिशत यात्रु राखेर उडाउन सकिन्न

वायुसेवा सञ्चालक संघ नेपालले ५० प्रतिशत यात्रु राखेर उडान गर्दा वायुसेवा उद्योग नै धरासायी हुने बताएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– वायुसेवा सञ्चालक संघ नेपालले ५० प्रतिशत यात्रु राखेर उडान गर्दा वायुसेवा उद्योग नै धरासायी हुने बताएको छ।

बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै संघले ५० प्रतिशत यात्रु बोक्दा भाडा दोब्बर हुने र त्यो यात्रुले धान्न नसक्ने भन्दै उडान गर्न नसक्ने बताएको हो।’

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले लेखेको पत्रमा भनिएको छ, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै नियमित उडान सञ्चालन गर्न वायुसेवा कम्पनीहरू तयार रहे पनि ५० प्रतिशत यात्रुमा उड्नुपर्ने सम्बन्धमा संघमा आवद्ध सबै असहमत रहेकोले उडान सञ्चालन गर्न असमर्थ रहेको व्यहोरा अनुरोध गर्दछु।’

२९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले १ असोजदेखि आन्तरिक उडान खुलाउने निर्णय गरेको थियो।

पढ्नुस् :

कहिले खोल्ने आन्तरिक उडान?

प्रकाशित: Sep 16, 2020| 18:47 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्