मंगलबार, भदौ ९, २०८३

आरडीटी परीक्षण रोक्न सरकार तयार

सरकारले कोरोना भाइरस परीक्षणका लागि गर्दै आएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ।
 |  मंगलबार, असार २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २३, २०७७

सरकारले कोरोना भाइरस पहिचानका लागि गर्दै आएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बन्द गर्ने भएको छ।

आरडीटी परीक्षण बन्द गनुपर्ने लगायत माग राखेर आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानमा युवाहरुसँग सरकारले यस्तो सहमति गरेको हो।

आज भएको १२ बुँदे सहमतिको तेस्रो बुँदामा ‘कोभिड–१९ पहिचानमा लागि आरडीटी प्रयोग स्थगित गर्ने’ उल्लेख छ। साथै पीसीआर परीक्षणका लागि सरकारले तयार गरेको मापदण्ड परिमार्जन गर्ने सहमति पनि भएको छ। क्वारेन्टिनमा रहेका व्यक्तिको पीसीआर परीक्षण गरेर नतिजा नेगेटिभ आएमात्र समाजमा पुनस्र्थापना गराउने सहमति पनि दुई पक्षबीच भएको छ।

सहमतिपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र डा. समिरकुमार अधिकारी तथा अनशनकारीको तर्फबाट ईः र पुकार बमले हस्ताक्षर गरेका छन्।

कोरोना भाइरसको पहिचानका लागि आरडीटी विधि प्रभावकारी नभएको विज्ञहरुले बताउँदै आएका छन्। विभिन्न देशमा भएका अध्ययनले पनि यो विधि प्रभावकारी नभएको निष्कर्ष निकालेका छन्। धेरै देशले यो परीक्षण विधि रोकिसकेका छन्।

नेपालमा भने सुरुवातदेखि नै सरकारले आरडीटीमा परीक्षणमा जोड दिँदै आएको छ। अहिलेसम्म ३ लाख ११ हजार ७२४ जनाको आरडीटी विधिबाट परीक्षण भएको छ।

आरडीटीभन्दा पीसीआर परीक्षण कम भएको छ। २ लाख ५५ हजार ७२८ जनाको पीसीआर परीक्षण भएको छ।

याे पनि पढ्नुहाेस् :

आरडीटी किट खरिदमा मरिहत्ते किन ?

‘आरडीटीको काम छैन, पैसा खेर नफालौं’

प्रकाशित: Jul 07, 2020| 11:18 मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।