बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भैरहवामा कोरोना विशेष अस्पताल सात दिनभित्र तयार हुने

भैरहवामा कोरोना विशेष अस्पताल सात दिनभित्र तयार हुने

भैरहवा– प्रदेश नम्बर ५ को सुविधासम्पन्न कोरोना विशेष उपचार अस्पताल भैरहवामा निर्माण भइरहेको छ ।
 |  बिहीबार, चैत २७, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २७, २०७६

भैरहवा– प्रदेश नम्बर ५ को सुविधासम्पन्न कोरोना विशेष उपचार अस्पताल भैरहवामा निर्माण भइरहेको छ ।

रुपन्देही जिल्लाको सबैभन्दा पुरानो अस्पताल भीम अस्पताल भैरहवामा कोरोना भाइरस पोजेटिभ देखिएका बिरामीलाई उपचार गर्नेगरी उपकरणहरु जोड्ने काम भइरहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

उक्त अस्पतालमा कोरोना लागेका विरामीको लागि विशेष उपचार कक्ष बनाइँदै छ । तीनवटा भेन्टिलेटरसहित ५ बेड आईसीयू रहेको उक्त अस्पतालमा जम्मा ३५ बेड रहनेछन् ।

कोरोना विशेष अस्पताल छिट्टै सञ्चालनमा ल्याउन प्रदेश सरकारका सामजिक विकास मन्त्री सुदर्शन बराल लागिपरेका छन्। उनी दैनिक २ पटक अस्पताल निर्माण कार्यको निरीक्षणमा आउने गरेका छन् ।

कोरोना विशेष उपचार अस्पताल आगामी हप्तासम्ममा सञ्चालनमा आउने भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले बताए । उनले भने, ‘हामीले रातदिन लगाएर काम गराइरहेका छौं । अहिलेसम्म भौतिक पूर्वाधारको काम सम्पन्न भइसकेको छ । उपकरणहरु जडान हुँदैछन् । थप जनशक्ति व्यवस्थापनको लागि सूचना निकालिसकेका छौं । हप्ता दिनभित्रै पूर्ण तयार भइसक्छ ।’

कोरोना विशेष उपचार अस्पतालको लागि ६ जना विशेषज्ञ चिकित्सक, १० जना मेडिकल अधिकृत र १६ जना स्टाफ नर्स माग गरिएको छ । उक्त अस्पतालमा अहिले ८ जना चिकित्सक कार्यरत छन् ।
तीन दिन अगाडि भैरहवामै स्वाब परीक्षण गर्ने प्रयोगशाला गहुँबाली अनुसन्धान केन्द्रमा सञ्चालनमा आइसकेको छ ।

 

प्रकाशित: Apr 09, 2020| 09:02 बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।