आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ५.३६ अंकले बढ्यो नेप्से, कारोबार एक अर्ब ८४ करोडमा सिमित

५.३६ अंकले बढ्यो नेप्से, कारोबार एक अर्ब ८४ करोडमा सिमित

बुधबार सेयर बजार परिसूचक (नेप्से) ५.३६ अंकले बढेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ५.३६ अंकले बढेको छ।

बढेको बजार १५४१.४० अंकमा पुगेर रोकिएको हो।

आज १९४ कम्पनीको ६३ लाख ९० हजार सेयर किनबेच हुँदा एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज बैंकिङ उपसमूह ४.५८ ले घटेको छ भने अन्य सबै उपसमूहको सेयर बढेको छ।

व्यापार २०.९३, होटल १४२.८१, विकास बैंक २.०८, जलविद्युत् ५४.०९ अंकले बढेको छ। त्यस्तै फाइनान्स १.१३, निर्जीवन बिमा कम्पनी ४२.३७ र जीवन बिमा ७२.१४ अंकले बढेको छ।

प्रकाशित: Sep 16, 2020| 15:35 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्