आइतबार, भदौ १४, २०८३

सौराहाका होटल बिहीबारदेखि खुल्ने

लकडाउन र निषेधाज्ञाका कारण बन्द भएका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

चितवन– लकडाउन र निषेधाज्ञाका कारण बन्द भएका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्।

सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै व्यवसायीले होटल खोल्ने तयारी थालेका हुन्।

गत चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि २८ गतेदेखि पुनः बन्द भएका थिए।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार कर्मचारीलाई बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेका छन्।

होटल खुलेर ग्राहक नहुँदा थप व्ययभार हुने भएकाले थोरै कर्मचारी राखेर सेवा शुरु गर्ने तयारीमा व्यवसायी छन्।

पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको पनि उनले बताए।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले अनुमति दिन आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन्। निकुञ्जभित्र जीप सफारीका लागि बाटो स्तरोन्नतिको काम भइरहेको उनको भनाइ छ। बरालले भने, ‘सबैतिर सहज हुँदा निकुञ्जले पर्यटकीय गतिविधि रोक्दैन।’

सौराहामा ११० होटल छन्। साना ठूला एक सय हाराहारीका रेष्टुरेन्ट छन्।

रासस

प्रकाशित: Sep 16, 2020| 14:39 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्