मंगलबार, जेठ ५, २०८३

सवारीसाधनमा अंग्रेजीमा नम्बर प्लेट राख्ने फैसला बदर गर्न शिक्षक महासंघको माग

नेपाल शिक्षक महासंघले नेपालका सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सर्वाेच्च अदालतको फैसला बदर गर्न माग गरेको छ।
 |  मंगलबार, भदौ ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ३०, २०७७

काठमाडौं– नेपाल शिक्षक महासंघले नेपालका सवारीसाधनमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट राख्ने सर्वाेच्च अदालतको फैसला बदर गर्न माग गरेको छ।

National life

देवनागरी लिपिमा प्रयुक्त नेपाली भाषाको नम्बर प्लेट हटाएर नेपाली भाषाको पहिचान र अस्तित्वमाथि आक्रमण गर्ने उद्देश्यले फैसला आएको भन्दै महासंघले त्यसलाई बदर गर्न माग गरेको हो।

‘नेपाली भाषाको संरक्षण गर्नुपर्ने निकाय सर्वोच्च अदालतबाटै नेपाली भाषाको अपमान हुने गरी फैसला गरिनु निन्दनीय कुरा हो’, महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त असंवैधानिक फैसलाविरुद्ध मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्वमा चालिएका कदमप्रति महासंघले ऐक्यबद्धता प्रकट गरेको छ।

महासंघले भनेको छ, ‘सवारीसाधनहरूमा नेपाली भाषामै नम्बर प्लेट प्रयोग गर्ने–गराउने व्यवस्थाका लागि नेपाल शिक्षक महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ।’

राष्ट्रियतासँग जोडिएको उक्त त्रुटिपूर्ण एवं आपत्तिजनक फैसलाविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने स्थिति आउन चेतावनी पनि महासंघले दिएको छ।

महासंघका अध्यक्ष बाबुराम थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्बन्धित निकायले नै लिनुपर्नेछ।’

महासंघले मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको नेतृत्वमा महासंघका साथै नेपाली भाषा संरक्षणका लागि क्रियाशील राष्ट्रवादी अभियन्ताहरूको तीव्र दबाबका कारण नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्र, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड आदिबाट अमानक वर्णविन्यास खारेज गराइएको विगत पनि स्मरण गराएको छ।

सम्बन्धित समाचार

इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन प्रज्ञा-प्रतिष्ठानको ध्यानाकर्षण

सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी प्रयोग हुँदैन : प्रधानमन्त्री

सवारीसाधनमा अङ्ग्रेजीमा मात्र इम्बोस्ड नम्बर प्लेट राख्ने फैसला निन्दनीय : सञ्जाल

महास‌ंघकाे विज्ञप्तिकाे पूर्ण पाठ

प्रकाशित: Sep 15, 2020| 17:17 मंगलबार, भदौ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्