मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् अधिवेशन अन्त्यप्रति कांग्रेसको गम्भीर आपत्ति

संसद् अधिवेशन अन्त्यप्रति कांग्रेसको गम्भीर आपत्ति

संसद् अधिवेश अन्त्य गर्नु गलत भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
 |  बिहीबार, असार १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार १८, २०७७

काठमाडौं– संसद् अधिवेश अन्त्य गर्नु गलत भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

National life

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले संसद् अधिवेशन आह्वान र अन्त्यको निश्चित प्रक्रिया हुने भन्दै सरकारले गरेको हठात् निर्णयप्रति असहमति जनाएको हो।

कांग्रेसले भनेको छ, ‘कोरोनाको चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसीसी सम्झौता र महत्वपूर्ण विधेयकहरुबारे टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ।’

कांग्रेसले सरकारलाई प्रश्न गरेको छ– जनताको जीवन प्रधान की सत्ताको राजनीति ? संसद् अधिवेशन अन्त्य गर्दा आफूसँग परामर्श नगरिएको पनि कांग्रेसले जनाएको छ।

विज्ञप्तिले लेखिएको छ– ‘सत्तारूढ दलभित्रको विवाद र द्वन्द्वको प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद छ।’

प्रकाशित: Jul 02, 2020| 18:06 बिहीबार, असार १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।