मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रिलका भिलेन, रियलमा हिरो : जन्मदिनमा गरे ३ लाखलाई रोजगारी दिलाउने घोषणा

रिलका भिलेन, रियलमा हिरो : जन्मदिनमा गरे ३ लाखलाई रोजगारी दिलाउने घोषणा

लकडाउन सुरु भएदेखि नै मजदुरको हकहितका लागि काम गरिरहेका सूदले रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका हुन्।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

बलिउड अभिनेता सोनू सूद आज (बिहीबार) आफ्नो ४७ औं जन्मदिन मनाउँदैछन्। जन्मदिनको अवसरमा उनले प्रवासी मजदुरका लागि एउटा उपहार घोषणा गरेका छन्।

National life

लकडाउन सुरु भएदेखि नै मजदुरको हकहितका लागि काम गरिरहेका सूदले रोजगारीको व्यवस्था गर्ने घोषणा गरेका हुन्।

सूदले एक वेबसाइट र मोबाइल एप सुरु गर्ने बताएका छन्, जसले रोजगार गुमाएका युवालाई रोजगारी उपलब्ध गराउन मद्दत गर्नेछ। यो एपबाट ३ लाखले रोजगारी पाउने उनले बताएका छन्। यसका लागि उनले अमेजन, एईपीसी, सीआईटीआई, ट्रिडेन्ट लगायत ठूला कम्पनीसँग सम्झौता गरेका छन्।

उक्त एपसँग करिब ५ सय कम्पनी तथा संस्थाहरु जोडिएका छन्, जसले अलग–अलग क्षेत्रमा मानिसहरुलाई नोकरी उपलब्ध गराउनेछन्।

याे पनि...

फिल्मका खतरनाक भिलेन, लकडाउनमा हिरो

लकडाउनमा फसेकाको उद्धार गर्न सोनू सूदले गरे जहाज चार्टर्ड

 

 

प्रकाशित: Jul 30, 2020| 13:37 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।