शुक्रबार, भदौ १२, २०८३

प्राथमिकतामा कृषि, सरकारका कुरा मात्रै

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी खेती हुने कैलाली–कञ्चनपुरका अधिकांश किसानले मुख्य सिजनमा मल पाएका छैनन्।
 |  बिहीबार, भदौ २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २५, २०७७

नेत्र पी अधिकारी, विराटनगर/भीम चौधरी, कैलाली

सुनसरी बर्जु–२ का बुद्धबहादुर तामाङ रासायनिक मलका लागि एक सातासम्म विराटनगर धाए।

दैनिक पाँच किलोमिटर साइकल यात्रा गरेर बिहान ९ बजे विराटनगर आइपुग्ने उनले मंंगलबार चार घण्टा लाइन बसेपछि दिउँसो १ बजे मल पाए।

उनले मल किन्नकै लागि दुःख गर्नु परेको यो पहिलो पटक होइन।

‘मैले १५ वर्षदेखि यो समस्या भोगिरहेको छु,’ तामाङ अनुभव सुनाउँछन्।

सरकारमा हुनेले कृषि क्षेत्रको विकासका लागि जति नै ठूला कुरा गरे पनि समयमा मल, बिउ पाइएमात्र पनि ठूलो भरथेग हुने उनी बताउँछन्।

‘समयमा मल हाल्न पाइएन, यस वर्ष उत्पादन झण्डै आधा कम हुन्छ। सरकारले हाम्रो समस्या कहिल्यै सुनेन’ उनले भने।

कोरोना महामारीका बेला आपसी दूरी कायम गर्नुपर्ने थाहा भए पनि भीडमा झुत्ती खेल्दै लाम लाग्नुपर्ने बाध्यता रहेको उनले बताए।

‘खै कृषि प्रधान देश भन्छन्, तर प्राथमिकतामा कृषि र कृषक कहिल्यै परेनन्,’ तामाङले भने।

सुदूरपश्चिममा मागको ५० प्रतिशतमात्र

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका जोगनारायण चौधरीलाई धान खेतमा हाल्न डीएपी र पोटास मल तीन/तीन क्विन्टल र युरिया ६ क्विन्टल चाहिएको छ।  तर, उनले मल पाएका छैनन्।

‘पहिलेपहिले नेपालमा मल नपाउँदा भारतबाट ल्याउँथ्यौंं। बीचमा यहीं पाइन्थ्योे’, जोगनारायण भन्छन्, ‘अहिले फेरि पाइएको छैन। भारत जान पनि बन्द छ।’

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी खेती हुने कैलाली–कञ्चनपुरका अधिकांश किसानले मुख्य सिजनमा मल पाएका छैनन्।

प्रदेशमा ५० हजार मेट्रिक टन मलको माग रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीका नायब महाप्रबन्धक केशवराज पाण्डेय बताउँछन्।

‘प्रदेशमा झण्डै ५० हजार मेट्रिक टन रासायनिक मल चाहिन्छ। आपूर्तिचाहिँ आधामात्रै भएको छ,’ उनले भने।

उनका अनुसार यसमध्ये कृषि सामग्री केन्द्रले ५० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसनले ३० प्रतिशत मल उपलब्ध गराउँदै आएका छन्।

कुल मागमध्ये ४० हजार मेट्रिक टन वैध तरिकाले आपूर्ति हुन्छ भने १० हजार मेट्रिक टन मल भारतबाट तस्करी भएर आउने गरेको छ।

कर्पोरेसनले मात्रै हरेक वर्ष डीएपी, युरिया र पोटास गरी १० हजार मेट्रिक टन अनुदानमार्फत तथा अल्मुनियम सल्फेट र सिंगल सुपर सल्फेट तीन हजार मेट्रिक टन गैरअनुदानमार्फत वितरण गर्दै आएको उनले जानकारी दिए।

उनले भने, ‘अहिले कैलालीमा २५०५ मेट्रिक टन, कञ्चनपुरमा ८०० मेट्रिक टन र प्रदेशका अन्य सात पहाडी जिल्लाका लागि २१ मेट्रिक टन मल छुट्टयाइएको छ। कैलालीमा ६१६ मेट्रिक टन मल वितरण गरिसक्यौं, बाँकी आउँदै छ।’

सम्बन्धित समाचार

मलमा गोलमाल गर्ने ठेकेदारलाई जेल सजाय माग

धानमा हाल्न मल नपाउँदा भोकमरीकाे डर

प्रकाशित: Sep 10, 2020| 10:55 बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।