बुधबार, भदौ १०, २०८३

पाँच दिनपछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

खोलाको कटानले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पाँच दिनपछि खुलेको छ।
 |  शनिबार, साउन १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १०, २०७७

काठमाडौं– खोलाको कटानले अवरुद्ध बनेको पृथ्वी राजमार्ग पाँच दिनपछि खुलेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० मौवा खोला पुल छेउको सडकखण्ड खोलाले कटान गरेपछि ५ साउनदेखि आवतजावत बन्द भएको थियो।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सडक मर्मतपछि सवारी साधनको आवागमन सुरु भएको जानकारी दिए।

‘बाढीले भत्काएको पुलको पर्खाल मर्मतको काम अहिले पनि जारी छ,’ उनले भने, ‘अहिले एकतर्फी रुपमा सवारी सञ्चालन शुरु भइसकेको छ।’ प्रमुख जिल्ला अधिकारी तामाङले दुईतर्फी आवागमन हुन केही समय लाग्ने बताए।

बाढीले मौवा खोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक कटान गरेको थियो।

सडक डिभिजन कार्यालय भरतपुर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीयको सक्रियतामा बाढीले बगाएको सडकमा माटो र ग्याबियनमा ढुङ्गा भर्ने काम भइरहेको छ।

प्रकाशित: Jul 25, 2020| 13:55 शनिबार, साउन १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।